राजेन्द्र र प्रतिमाको स्वरमा ‘रिबन केसैमा’ सार्वजनिक

| २०८० जेठ २० गतेमा प्रकाशित

महेन्द्र अधिकारी/काठमाडौं- गायक,सर्जक राजेन्द्र भण्डारी र प्रतिमा अर्याल को स्वरमा सजिएको ‘रिबन केसैमा’ बोलको लोकदोहोरी गीत यतिबेला बजारमा सार्वजनिक भएको छ ।

शुक्रबार मात्रै सार्वजनिक यो गीतमा गायक भण्डारी को शब्द संगीत रहेको छ । उक्त ‘रिबन केसैमा’ गीतलाई संगीत संयोजन नारायण द्ङ्गाल ले गरेका छन् । सार्वजनिक गीतको रेकर्ड शङ्खरा डिजिटल रेकर्डिङ स्टुडियोमा गरिएको हो ।

गीतको भिडियोमा मुटु ग्रुप को निर्देशन रहेको छ । भिडियोको छायाँकन सुरेश श्रेष्ठ को रहेको छ भने भिडियोको सम्पादन प्रकाश धमला को रहेको छ । भिडियोमा सुरेन्द्र प्रसाद लामिछाने (झुत्रे),श्री कृष्ण द्ङ्गल (चतुरे) र मुटु ग्रुपको मनमोहक अभिनय देख्न पाईन्छ । भिडियोलाई भने मेनुका डिजिटल यूट्यूब च्यानलमा हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट