निरोज भट्टको शब्दमा कुशल बेल्बासे र अन्जु पन्तको ‘किनारा’ बोलको गीत चर्चामा

| २०८० असार ८ गतेमा प्रकाशित

महेन्द्र अधिकारी/काठमाडौं- नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेसंगै कलाकार र सर्जकहरुले नयाँ-नयाँ गीतहरु बजारमा सार्वजनिक गरिरहेका छन् । सोही क्रममा गितकार निरोज भट्टको प्रस्तुतिमा नयाँ गीत “किनारा” डिजिटल बजारमा सार्वजनिक गरेका छन् ।

“किनारा”बोलकोगीतले चर्चा बटुल्ने क्रममा रहेको छ ।केही समय यतालाई हेर्ने हो भने माया प्रेमका गीत सर्वाधिक चर्चामा रहन सफल भएका छन् । निरोज भट्टको शब्द र गायक बेल्बासेको संगीत रहेको“किनारा” बोलको गीतले यति बेला चर्चा बटुलिरहेको छ ।

उक्त गीतमा गायक,सर्जक कुशल बेल्बासे र बहुचर्चित लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर आवाज रहेको छ। सार्वजनिक भएको गीत निरोज भट्टको शब्दमा र विश्वास नेपालको संगीत संयोजन रहेको छ। प्रकाश भट्टको निर्देशन छायांकन राजेश घिमिरेको रहेको छ भने सम्पदान टेकेन्द्र शाहको रहेको म्युजिक भिडियोमा शिशिर पौडेल र स्मारिका ढकालको अभिनय देख्न सकिन्छ ।

गितकार भट्ट सांगितिक यात्रामा मात्रै नभई उनी एक कुशल युवा व्यवसयी संगै समाजसेवी पनि हुन् । “किनारा” बोलको गितले छोटो समयमा नै दर्शक श्रोताको मन जित्न सफल भएको यसै गीतका गितकार भट्टले जनाएका छन् । उक्त गीत निरोज भट्टको अफिसियल यूट्यूब च्यानलबाटडिजिटल बजारमा सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्