राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ वागमती प्रदेश समितिले मुख्यमन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र

| २०८० जेठ १३ गतेमा प्रकाशित

काठमाण्डौं- राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ बागमती प्रदेश समितिले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेललाई विभिन्न माग सहित ध्यानाकर्षण पत्र बुझाएका छन् । शुक्रवार महासंघको बागमती प्रदेश अध्यक्ष ओम तामाङको नेतृत्वमा प्रदेश अन्तरगतको १३ वटै जिल्लामा मुख्यमन्त्री उद्यमशीलता विकास कार्यक्रम लागु गर्नु पर्ने माग सहित ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

देशमा बढ्दो बेरोजगरी न्यूनिकरण गर्नका लागि सिप युक्त उद्यमशील जनशक्ति उत्पादन गरी युवाहरुलाई आफ्नै ठाउँमा रोजगारी सृजना गर्न हरेक स्थानिय तहमा मेड्पा मोडेलमा संचालन हुने गरी मुख्यमन्त्री उद्यमशीलता विकास कार्यक्रम ल्याउनु पर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ । साथै उद्यमशीलता विकाश गर्न देशैभरी उत्पादन भएका उद्यम विकास सहजकर्ताहरुको पेशागत दिगोपनका निमित्त वागमती प्रदेश सरकारले लोकसेवा आयोग मार्फत दरबन्दी सृर्जना गरी पदपूर्ति हुने व्यवस्था गरिदिन अनुरोध गरीएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

No description available.

साथै महासंघको वागमती प्रदेश समितिका संस्थापक अध्यक्ष राजेन्द्र पनेरु, पूर्व केन्द्रिय महासचिव अर्जुन पौडेल लगाएतको उपस्थीतिमा वागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामालाई समेत उक्त कुरा ध्यानाकर्ष गराईएको अध्यक्ष तामाङले बताए ।

No description available.

 

प्रतिक्रिया दिनुहोस्