मुलुकमा सुशासन कायम गर्न र जनतालाई न्याय दिलाउन सरकार दृढ छ : मन्त्री तामाङ

| २०८० चैत ३ गतेमा प्रकाशित

नुवाकोट- नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले वर्तमान सरकार मुलुकमा सुशासन कायम गर्न र जनतालाई न्याय दिलाउन दृढ रहेको बताएका छन । शनिबार प्रेस सेन्टर नेपाल नुवाकोट शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री तामाङले उक्त कुरा बताएका हुन ।

मन्त्री तामाङले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सरुवातदेखि नै सुशासन कायम हुने गरि काम गरिरहेको बताए । उनका अनुसार, राजनैतिक परिवेशले नयाँ दलसँग सत्तासाझेदारी गरेता पनि सरकारको प्रमुख लक्ष्य मुलुकमा सुशासन कायम गरि आम जनतालाई न्यायको प्रत्याभूत गराउनु नै हो ।

सहकारी प्रकरणमा गृहमन्त्री कै संलग्नता भन्ने प्रसङ्गमा संचारकर्मिको प्रश्नको जवाफ दिदै मन्त्री तामाङले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको कुरा सत्य भएको र त्यसको अनुसन्धान पहिलेकै गृहमन्त्री नारायणकाजी श्रेष्ठको पालाबाटै सुरु भएकोले त्यसका मुख्य अभियुक्त जिबि राई अझै पनि फरार रहेकोले उनलाई पक्राउ गर्ने र थप अनुसन्धान गर्ने जिम्मेवारी रवि लामिछाने मै आएकोले पनि राई पकाउ परे पश्चात हुने अनुसन्धानले जो जसलाई दोषी देखाउछ ती सबै कानुनी कारबाहीको भागी हुनु पर्दछ । यदि रवि लामिछाने नै दोषी ठहरिए भने पनि गृहमन्त्री भएकै कारण बाधक हुदैन भन्ने हाम्रो बुझाइ भएको बताए ।

आयोजित कार्यक्रममा मन्त्री तामाङलाई प्रेस सेन्टर नेपाल नुवाकोट शाखाले सम्मान समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट