जन्म दिनमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

| २०८१ जेठ २२ गतेमा प्रकाशित

काठमाडौ- आफ्नो जन्मदिन राजीव थापा विनोदले आफ्नो जनमस्थानना रहेको तथा आफूले कखरा सिकेको सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वडा नबर ११ स्थित परोपकार आधारभूत विद्यालयमा सहयोग गरेर मनाएका छन् सिन्धुपाल्चोकमा स्थाइ घर भई काठमाण्डौ बस्दै आएका थापा स्थानीय स्तरमा आइपरेका सबै कार्यमा सहयोगको अग्रस्थानमा रहने गर्दछन् ।

यस अगावै थापाले आफ्नो जन्मदिनको अवसर पारेर सो स्कुलका लागि अक्षयकोष स्थापना गरेका थिए सोही दिन अक्षयकोष बाट प्राप्त ब्याजबाट गरीब तथा जेहेनदार विद्यार्थीका लागि समेत सहयोग गरेका छन् ।
उक्तदिन करिब ७० जना विद्यार्थीलाई पाठ्यपुस्तक राख्ने झोला तथा शैक्षीक सामाग्री वितरण गरेका हुन ।

थापाले विद्यार्थीको शिक्षाका लागि हामी सबैले सक्दो साथ र सहयोग गर्नुपर्ने तथा सरकारले पनि शिक्षालाई पहिलो प्राथमिकतामा राख्नु पर्ने जिकिर गरेका छन् ।

यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहित शिक्षक शिक्षिकाले राजीव थापा विनोदको जस्तो मन हामी सबैको हुनु आवस्यक रहेको र शिक्षामा गरेको लगानी खेर नजाने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट