गाउँमा नै फोटो स्टुडियो सञ्चालन हुदाँ सदरमुकाम जाने समस्या हट्यो

| २०८० असार २२ गतेमा प्रकाशित

किशोर ओली/नुवाकोट- बेलकोटगढी नगरपालिका वडा नम्बर १० मा निर्विका फोटो स्टुडियो सञ्चालन भएसँगै सामान्य फोटो खिच्नुको लागि जिल्ला सदरमुकाम जाने झन्झट हटेको छ । विगत तीन वर्षदेखि निर्विका फोटो स्टुडियो सञ्चालन हुँदै आइरहेको छ ।

बेलकोटगढी नगरपालिका को ९, १० ११ वडाका जनताले प्रतक्ष्य रुपले फोटो स्टुडियो बाट फोटो सम्बन्धि काम साथै अन्य कामहरु गर्नको लागि सजिलो भइरहेको स्थानियहरु बताउछन् । निर्विका फोटो स्टुडियोले विभिन्न देश जाने डकुमेन्ट, सरकारी डकुमेन्टहरु बनाउँदै आइरहेको निर्विका फोटो स्टुडियोको संचालक अजित पाण्डेले बताए । साथै वैदेशिक रोजगारको लागि जाने व्यक्तिहरूको लागि सम्पुर्ण डकुमेन्टहरु बनाउँदै आइरहेको छ ।

No description available.

गाउँमा नै फोटो स्टुडियो सञ्चालन भएपछि जिल्ला सदरमुकाम जाँदाखेरी लाग्ने खर्च कम भइरहेको छ भने समयको पनि बचत भएको छ । साथै सम्पूर्ण सरकारी डकुमेन्ट गाउँमा बन्ने भएपछि धेरै सहज भएको बेलकोटगढी १० का स्थानीय सुशीला पाण्डेले बताउनुभयो । निर्विका फोटो स्टुडियो संचालन हुनुभन्दा पहिले स्कुलमा विद्यार्थीहरुलाई फारम भर्न पनि जिल्ला सदरमुकाम जानु पर्थ्यो अहिले गाउँमा नै फोटो स्टुडियो सञ्चालन भएपछि धेरै सजिलो भएको कक्षा १० मा पढिरहेका सुशान्त पाण्डेले बताए । निर्विका फोटो स्टुडियो ले गाउँमा बिजुलीको महशुल बुझाउने व्यवस्था पनि गरेको छ

प्रतिक्रिया दिनुहोस्