राप्रपा चन्द्रागिरी १४ कार्यसमितिद्धारा महिला एकता समुहलाई आर्थिक सहयोग

| २०८० असार २७ गतेमा प्रकाशित

काठमाण्डौँ- चन्द्रागिरी नगरपालिका वडा १४ मा रहेको महिला एकता समुहले महिला दिदि बहिनिहरु को लागी सिप मुलक कार्यक्रम संचालन गर्ने भएको छ । सोही कार्यक्रम सञ्चालन गर्नका लागी राष्ट्रिय प्रजातन्त्र पार्टी चन्द्रागिरी १४ कार्यसमितिले आथिर्क सहयोग गरेको छ ।

कार्यसमितिको तर्फबाट ईकाई अध्यक्ष ईश्वर मान श्रेष्ठ र काठमाडौं क्षेत्र नं ९ प्रदेश ख का उम्मेदवार तथा प्रदेश अध्यक्ष दिलिप कुमार कार्कीले महिला एकता समुह लाई आथिर्क सहयोग प्रदान गरेका छन् । महिलाको सिप विकास संगै आन्मनिर्भरमा समेत वृद्धि हुने हुदाँ उक्त कार्य थालनि गरेकोमा महिला एकता समूहलाई धन्यवाद सहित आर्थिक सहयोग गरिएको राप्रपा काठमाडौं क्षेत्र नं ९ प्रदेश ख का अध्यक्ष दिलिप कुमार कार्कीले बताए ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु को उपस्थीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्