स्थानीय आर्थिक विकास कार्यक्रमका लागि नुवाकोटको लिखु गाउँपालिका पनि छनोटमा

| २०८० माघ ३ गतेमा प्रकाशित

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि एक सय चार वटा स्थानीय तह छनोट गरेको छ । जसमा नुवाकोटको लिखु गाउँपालिका पनि समावेश छ ।

नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०८० बमोजिम आर्थिक वर्ष २०८०र०८१ को कार्यक्रम सञ्चालनका लागि आवेदन दिने स्थानीय तहहरूमध्ये तोकिएको योग्यता र आधार पुरा गरेका स्थानीय तहहरूलाई छनोट गरिएको मन्त्रालयले जनाएको छ ।

जसमा कोशी प्रदेशका २०, मधेस प्रदेशका १७, बागमती प्रदेशका १७, गण्डकी प्रदेशका ११, लुम्बिनी प्रदेशका १४, कर्णाली प्रदेशका १० र सुदूरपश्चिम प्रदेशका ११ वटा स्थानीय तहहरू छनोट भएका छन् । २४२ वटा स्थानीय तहले निवेदन दिएकोमा कार्यविधिमा समावेश गरेको मापदण्ड पुरा गरेका १०४ वटालाई छानिएका हुन् ।

मन्त्री अनिता देवी आफैँले छनोट गरेका स्थानीय तहहरूमा एकमुष्ट रूपमा साढे ८८ करोड रुपैयाँ पठाइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्