यी १ सय ३ प्रकारका एन्टिबायोटिक प्रयोग नगर्न औषधि विभागको निर्देशन (सूचीसहित)

| २०८० असोज १ गतेमा प्रकाशित

काठमाण्डौ– सरकारले एक सय तीन प्रकारका एन्टिबायोटिकको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले एन्टिबायोटिकको प्रयोगलाई न्यूनीकरण गर्न र रोकथाम तथा नियन्त्रण गर्नका लागि प्रयोगमा नल्याउन निर्देशन दिएको बताए । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पनि ती औषधिको प्रयोगका लागि सिफारिस गरेको छैन । उनले ती एन्टिबायोटिकको प्रयोग गर्न औचित्य नभएको समेत बताउए ।

‘डब्ल्यूएचओले प्रयोगमा नल्याउने भनेर एक सय तीन प्रकारका एन्टिबायोटिकको सूची प्रकाशन गरेको छ’, ढकालले भने, ‘ती औषधि न दर्ता गर्छौँ न प्रयोगका लागि अनुमति नै दिन्छौँ ।’ उनका अनुसार एक सय तीनमध्ये १३ प्रकारका एन्टिबायोटिक भने दर्ता गरिएका छन् ।

विभागले त्यस्ता एन्टिबायोटिकको विश्वव्यापी कार्ययोजनासँग मेल खाने गरी एक स्वास्थ्य अवधारणा अनुरूप एन्टिबयोटिकबाट हुने बिरामी दर, मृत्यु दर र आर्थिक असरलाई प्रभावकारी रूपले कम गर्न राष्ट्रिय कार्ययोजना तयार पारी स्वीकृतको अन्तिम चरणमा रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट