महानगरपालिका

समन्वय अधिकारी र प्रमुख प्रशासकीय अधिकृतले बिदा बस्दा मन्त्रालयको पूर्व स्वीकृति लिनुपर्ने

जिल्ला समन्वय अधिकारी र प्रमुख प्रशासकीय अधिकृतहरूले जिल्ला तथा कार्यक्षेत्र छोड्न पूर्व स्वीकृति लिनु पर्ने भएको छ । मनलाग्दी बिदा लिने तथा जानकारी बिना नै जिल्ला तथा कार्यक्षेत्र छोड्न थालेसँगै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनिवार्य पूर्व स्वीकृति लिन परिपत्र गरेको हो ।