शिवपुरी वडाकप फुटबल प्रतियोगिता सुरु

| २०७८ फागुन १४ गतेमा प्रकाशित

काठमाण्डौँ, फागुन १३
नुवाकोटको शिवपुरी गाउँपालिकामा वडास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । शिवपुरी गाउँपालिकाका ७ वटा वडाले भाग लिएको पहिलो दिनको खेलमा वडा नंं। २ र वडा नंं। ५ ले विजयी सुरुवात गरेका छन् ।

शिवपुरी रंगशाला सुनखानीमा भएको नाइन ए साइड फुटबलको पहिलो खेलमा वडा नं। ४ लाई वडा नंं। २ ले २–० ले पराजित गरेको छ । वडा नंं। २ का लागि खेलको ३५ औं मिनेटमा अनमोल तामाङ र ५९ औं मिनेटमा मिङ्मार तामाङले गोल गरेका थिए । समूह ए मा रहेको वडा नं। २ ले यो जीतसँगै वडा नंं। २ ले ३ अंक जोडेको छ ।

त्यस्तै अर्को खेलमा वडा नंं। ५ ले वडा नंं । ३ लाई २–१ ले पराजित गर्न सफल भयो । वडा नं। ५ का लागि खेलको ४६ औं मिनेटमा रोशन थापा र ६१ औं मिनेटमा शैलेन्द्र खड्काले गोल गरे । वडा नंं। ३ का लागि एक गोलको खेलको ७० औं मिनेटमा रमेश तामाङले गरे । जीतसँगै समूह बी मा रहेको वडा नंं। ५ ले पनि ३ अंक जोडेको छ ।

त्यस्तै पहिलो दिनको अन्तिम खेलमा वडा नंं। ७ र वडा नंं १ ले गोलरहित बराबरी खेलेका छन् ।

खेल सुरु हुनु अघि प्रथम शिवपुरी वडाकप फुटबल प्रतियोगिता उद्घाटन गर्दै प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले शिवपुरी गाउँपालिकामा फुटबलले राम्रो चर्चा पाएको भन्दै अन्य खेलहरुलाई नि प्रोत्साहन गर्ने बताए । विशेष अतिथि गाउँपालिकाका उपाध्यक्ष मञ्जु केसीले अब शिवपुरीमा महिला फुटबल खेलाडीहरुको पनि खोजी हुने बताइन् ।

प्रतिक्रिया दिनुहोस्