काठमाण्डौँ १६ को वडाध्यक्षमा माओवादी केन्द्रबाट यो हो चर्चित अनुहार

| २०७८ चैत ९ गतेमा प्रकाशित

काठमाण्डौँ, चैत्र ९
आगामी वैशाख ३० गते देशभर एक साथ हुन गईरहेको स्थानिय तहको निर्वाचनको सरगर्मी बढ्दो छ । निर्वाचन नजिकिए संगै हरेक पार्टीका नेता तथा कार्यकर्ताहरु टिकटका लागि आ आफ्नै तरिकाबाट दौडधुपमा देखिन्छ ।


काठमाण्डौँ महानगरपालिका वडा नं १६ मा निर्वाचन मिति नजिकिए संगै कुन पार्टीबाट कस्ले उम्मेदवारीता पाउने भन्ने कुरा सबैको चासोको विषय बनेको छ । अन्य वडा भन्दा भौगोलिक रुपले ठूलो वडा भएकाले पनि काठमाण्डौको ध्यान आगामी चुनावमा वडा नं १६ मा रहेको छ ।

यस्ता छन् माओवादी केन्द्र बाट कामनपा १६ को वडाध्यक्षको सम्भावित चर्चामा रहेका व्यक्तिहरु


दिलिप राज वन्त
गोरखामा जन्मिएका दिलिप राज वन्त मजदुर आन्दोलनबाट नेकपा एमाले, माले, एमाले हुर्दै २०६२।०६३ पश्चात माओवादी केन्द्रमा सक्रिय राजनिति गर्दै आएका छन् । उनी गत २०७४ सालको स्थानिय निर्वाचनमा सोहि वडाको अध्यक्ष पदका प्रत्यासि समेत हुन ।

धर्मदेव महर्जन
काठमाण्डौँ नयाँ बजारका धर्मदेव महर्जन २०६२।०६३ पछि पार्टी जिम्मेवारीतामा आएका हुन् । उनी कामनपा १६ को पार्टी कमिटिको पहिलो सचिव पनि हुन । त्यस संगै हाल उनी पार्टीको महाधिवेशन पश्चात महानगर सदस्य रहेका छन् । साथै उनी विभिन्न सामाजिक संघ संस्थाहरुमा पनि आवद्ध रहदै आएका छन् ।


प्रकाश बलामी
बालाजु हाईटका प्रकाश बलामी २०६४ साल पछि माओवादी पार्टीमा सक्रियताका साथ आवद्ध रहदै आएका छन् । पार्टी सदस्य हुदै २०७८ को अधिवेशन पश्चात वडा नं १६ को वडा कमिटि सचिव भई काम गरिरहेका छन् । युवा भएकै कारण पनि आगामी चुनावमा उनको नाम चर्चामा रहेको छ । मिलनसार, लगनशिल, सहयोगी, जोस जागर भएका युवा नेता कै कारण पनि पार्टीको तर्फबाट टिकट पाउने सम्भावना उनमा प्रवल देखिन्छ । बालाजु हाईट क्षेत्रको अधिकांश विकाश निर्माणको गतिविधि देखि सामाजिक, सांस्कृतिक गतिविधिमा समेत सक्रिय भुमिका निर्वाह गर्दै आएका छन् ।

सामाजिक कार्यहरुमा निरन्तर लागि परेका बलामी विभिन्न संघ संस्थाहरुमा आवद्ध रहेका छन् । कोभिड १९ लगाएत अन्य विपत्तिहरुमा स्थानिय वडावासिहरुलाई आफ्नो तवरबाट सक्दो सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्