काठमाण्डौँ, वैशाख २४ अन्य राजनैतिक दल भन्दा फरक सन्देश लिएर उदाएको मौलिक जरोकिलो पार्टीले गल्याङ नगर प्रमुख र उप प्रमुख पदमा उम्मेदवारी दिएको छ । उक्त पार्टीको नेतृत्व गर्दै गल्याङ नगर प्रमुखको रुपमा कमल न्यौपानेले उम्मेदवारी दिएका छन् ।
वैदेशिक रोजगारीको क्रममा ५ वर्ष कोरिया बिताएका न्यौपाने विदेशको प्रविधिलाई नजिक बाट नियालेका छन् । विदेशको प्रविधिलाई बुझ्नु भएका न्यौपानेले गल्याङ नगर पालिकाको प्रमुखमा बिजय हुनसाथ विपिन्न घर परिवारलाई कम्प्युटर र घरमै स्वास्थ सेवालाई पहिलो प्राथमिकतामा राख्नु भएको छ । गल्याङ नगरपालिका २ बलाम देविथान घर भएका न्यौपाने ३४ बर्षको उमेरमै नगर बदल्ने अठोटका साथ अगाडि बढेकै कारण अब्बल युवा नेताको रूपमा परिचीत हुनुहुन्छ ।
यसपकट देशभरका ७७ जिल्ला मध्ये ४७ जिल्लामा मौलिक जरोकिलो पार्टीले स्थानिय निकायको चुनावमा प्रतिनिधित्व गरेको छ । सम्पूर्ण देशबासीलाइ कम्प्यूटर चुनाव चिन्हमा भोट दिएर मौलिक प्रतिमानलाइ स्थापित गराउन आग्रह गरिएको छ । आशा,आत्मविश्वास र आत्मियता सहित सम्पूर्ण नगरवासी मतदाता ज्यूहरूले कम्प्यूटरमा अत्यधिक मत दिएर मौलिक जरोकिलो पार्टीलाइ गल्याङ नगरपालिकामा विजयी गराउन उम्मेदवार कमल न्यौपानेले आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्