विदुर नगरपालिकाको ‘लामखुट्टेको बासस्थान खोज र लार्भा नष्ट’ अभियान सुरु

| २०८० सावन १६ गतेमा प्रकाशित

नुवाकोट- डेंगु संक्रमण बढे संगै विदुर नगरपालिकाले त्यसको न्यूनिकरणका लागि अभियान नै सुरुवात गरेको छ । मंगलवार सबै जागौँ र लागौँ वरीपरी जमेका पानी हटाई डेंगु भगाऔँ भन्ने नाराका साथ ‘लामखुट्टेको बासस्थान खोज र लार्भा नष्ट’ अभियान सुरु गरेको हो ।

No description available.

लामखुट्टेको टोकाइबाट हुने उक्त संक्रमण न्यूनिकरणका लागि विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो अभियान सुरु गरिएको मेयर राजन श्रेष्ठले बताए । डेंगु संक्रमणका बिरामी बढ्न थाले संगै उक्त जोखिमलाई समयमा नै न्यूनिकरण गर्नका लागि नगरपालिकाले अभियानकै रुपमा लामखुट्टेको लार्भा नष्ट गर्ने कार्यको सुरुवात गरेको मेयर श्रेष्ठले बताए ।

No description available.

अभियानको पहिलो दिन जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रम सिंह ठकुरी, नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, प्रहरी प्रमुख रमेश पण्डितलगायत जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्थानीयबासी अभियानमा सहभागी भएका थिए।

No description available.

प्रतिक्रिया दिनुहोस्