चिनिया टोलीद्धारा साततले दरवारको अवलोकन

| २०८० सावन १७ गतेमा प्रकाशित

काठमाडौं । चिनबाट नेपालको बिभिन्न ठाउमा रेल मार्ग सर्भे तथा नुवाकोटमा सम्भाब्यता अध्ययन गर्न नेपाल आएको टोलीले आज बिदुर नगरपालीका वडा न २ मा रहेको नुवाकोटको साततले दरवारको अवलोकन गरेको छ ।

बिदुर नगरपालीका प्रमुख राजन श्रेष्ठको उपस्थितिमा चिनिया नागरिकको टोलीले साततले दरवार र बौद्द चैत्य गुम्बाको अवलोकन गरेको हो । अवलोकनको क्रममा साततले दरवारको पुनः निर्माणमा चिनले ढिलाइ गरेकोले स्थानियले चिनसगको बिस्वास गुमाउन लागेको मेयर श्रेष्ठले बताउनुभयो ।

उहाले तत्काल दरवारको पुन निर्माणमा चासो दिन सम्बन्धित निकाएलाइ ध्यानाकर्षण गराउनपनि चिनिया पक्षलाइ अनुरोध गर्नुभएको छ । टोलीले साततले दरबार र दरबार क्षेत्रको आधा दर्जनभन्दा बढी पुरातात्विक महत्वका मठमन्दिर र दरबारको अध्ययन गरेको छ । चिनियाँ टोलीले साततले दरबार, गारद घर, रंगमहल, तुलजा मन्दिर, लामपाटी, सेतापाटी, नारायण मन्दिर र विष्णु मन्दिरको अनुगमन गरेको छ ।

अनुगमनमा बिदुर नगरपालीका वडा न २ का वडा अध्यक्ष दिपक कायस्थ लगाएत स्थानियको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्