तीन पालिकाको प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै बैतडीका रघुनाथ अवस्थी !

| २०८० असोज २९ गतेमा प्रकाशित

काठमाडौं- बैतडीमा एक प्रमुख प्रशासकीय अधिकृतलाई तीन पालिकाको जिम्मेवारी दिइएको छ। जिल्लाको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप दुई गाउँपालिकाको समेत जिम्मेवारी दिएको छ ।

मन्त्रालयले अवस्थीलाई सुर्नया गाउँपालिकासहित डिलाशैनी र सिगास गाउँपालिकाको पनि जिम्मेवारी दिएको छ । अधिकांश स्थानिय तहहरु प्रमुख प्रशासकीय अधिकृत विहिन भईरहदाँ काम गरिरहेका कर्मचारी तलब पाउँनबाट बञ्चित छन् । आर्थिक प्रशासनको अधिकार प्रशासकीय अधिकृतमा निहित हुने हुदाँ थप दुई पालिकामा कार्यरत कर्मचारीलाई तलब दिनकै लागि भए पनि मन्त्रालयले दिएको जिम्मेवारी अनुसार आफूले काम गरिरहेको अधिकृत अवस्थीले पालिका वाचलाई बताए ।

शुक्रबार मन्त्रालयले पठाएको पत्रमा अवस्थीलाई सुर्नया गाउँपालिकाको कामकाजमा बाधा नपर्ने गरी प्रमुख प्रशासकीय अधिकृत हाजिर नहुँदासम्म डिलाशैनी गाउँपालिकाको आर्थिक तथा प्रशासनिक कार्यसहितको जिम्मेवारी दिएको उल्लेख गरिएको छ। सोहि अनुरुप उनले कार्य गरिरहेका छन् ।

सुर्नया गाउँपालिकामा कार्यरत अवस्थीका अनुसार, ‘आफूले काम गर्दै आएको पालिकाको कामलाई निरन्तरता दिदैँ बाकीँ दुई पालिकाको पनि काम गरिरहेको छु । पर्याप्त समय दिन नसकेता पनि अत्यावधि काम रोकेको छैन । दुवै पालिकाको खाता संचालन भई कर्मचारीलाई तलब वितरण गर्ने कार्य भईरहेको छ । जिम्मेवारी थपिएका दुई गाउँपालिकामा महिनामा ३४ दिनसम्म भए पनि काम गर्ने प्रयत्न गरिरहेको छु ।’

प्रतिक्रिया दिनुहोस्