काठमाडौ- नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले सिन्की गुन्द्रुकलाई ब्राण्डिङ गर्ने भएको छ ।
गाउँपालिकाको आ.व. २०८०/८१ को वार्षिक स्वीकृत सिन्की गुन्द्रुक ब्राण्डिङ कार्यक्रम अन्तर्गत गाउँपालिका भित्र उत्पादन भएको सिन्की तथा गुन्द्रुकको ब्राण्डिङ, प्याकेजिङ तथा बजारीकरण गरि किसानहरुको आयआर्जनमा मद्दत गर्ने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ ।
पहिलो चरणमा न्यूट्रिसनल भ्यालु परिक्षण गरेर बाकी प्रक्रिया आगाडी बढाइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेश रिजालले आइतबार एक सुचना प्रकाशन गर्दै जानकारी दिए । सूचना प्रकाशन भएको ७ दिन भित्र गाउँपालिकाको कृषि बिकास शाखामा सम्पर्क गर्न अनुरोध समेत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्