काठमाण्डौ- जाजरकोटको कुशे गाउँपालिका नेपालकै पहिलो अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र विद्यालय शान्ति क्षेत्र कार्यान्वयन गाउँपालिका घोषणा गरिएको छ ।
शुक्रवार गाउँपालिकाको भार्ममा आयोजित एक कार्यक्रममा यो घोषणा गरिएको हो । कर्णाली प्रदेशसभाका सदस्य एवम् सामाजिक विकास समिति संयोजक घनश्याम भण्डारीले नागरिक समाजका अगुवा, पालिकाका जनप्रतिनिधि, शिक्षक विद्यार्थीहरूको उपस्थितिमा कुशे गाउँपालिकालाई नेपालकै पहिलो गाउँपालिका घोषणा गरेका हुन् ।
कार्यक्रममा कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले यो शुरुवात भएकोले आउँदा दिनमा थप काम गर्नुपर्ने र यसमा सबैको सहयोग हुनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्