बलात्कार आरोपमा पक्राउ परेका वडाध्यक्ष कारागार चलान !

| २०८० असोज ३० गतेमा प्रकाशित

काठमाडौं- बलात्कार आरोपमा पक्राउ परेका निर्वाचित वडा अध्यक्षलाई कारागार चलान गरिएको छ । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका –१० का वडाध्यक्ष छविरमण धमला पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

स्थानीय एक २५ वर्षीय युवतीले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा असोज ५ गते दिएको जाहेरीको आधारमा अनुसन्धानका लागि धमलालाई प्रहरीले पक्राउ गरेको थियो ।

हिरासतमा रहेका धमलालाई ओखलढुङ्गा जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी एवम प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए । धमलालाई कारागारमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट