कार्यालय ढिलो आउने कर्मचारीलाई मेयरले गरे फूलले स्वागत !

| २०८० कार्तिक २१ गतेमा प्रकाशित

काठमाडौँ- कार्यालय समयभन्दा ढिलो आउने कर्मचारीलाई फूलले स्वागत गरिएको छ । पटक-पटकको निर्देशनपछि पनि केही कर्मचारी कार्यालय समयमा उपस्थीत नभएपछि दाङको लमही नगरपालिकाका मेयर जोगराज चौधरीले फुलले स्वागत गरेका हुन् ।

मेयर चौधरीका अनुसार आज २० जना कर्मचारीले फुल पाएका छन् । उनीहरू विभिन्न कारण देखाउँदै पन्छिन खोजेका थिए ।

पालिकामा कार्यरत कर्मचारीहरू समयमा कार्यालय नआउने गरेकोबारे सेवाग्राहीको गुनासो आएपछि छड्के अनुगमन गरिएको नगर प्रमुख चौधरीले बताए ।

ढिलो आएका कर्मचारीलाई मेयर चौधरीले फूलले स्वागत गर्दै समयको ख्याल गरेर कार्यालयमा उपस्थित हुन निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्