वडाभित्र जन्मने बालबालिकाको खातामा ५ हजार बचत !

| २०८० कार्तिक २१ गतेमा प्रकाशित

काठमाडौं- नुवाकोटको विदुर नगरपालिका वडा नं ५ ले आर्थिक वर्ष २०८०/०८१ मा जन्म भएका र जन्म हुने बालबालिकाको १५ वर्षे मुद्दती खातामा रु पाँच हजार जम्मा गर्ने कार्य सुरु गरेको छ ।

आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै वडा भित्र जन्मने बालबालिकाको खातामा रकम जम्मा गर्ने घोषणा अनुरुप पहिलो चरणमा १० बालबालिकाको खातामा रकम जम्मा गरेको सूचि वडाले प्रकाशन गरेको छ ।

बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराई प्राईम बैंक बट्टार शाखामा अविभावक संरक्षण रहने गरी बालबालिकाको नाममा १५ वर्षे मुद्दती खाता खोलि रु ५ हजार जम्मा गरेको भौचर वडा कार्यालयमा बुझाए पश्चात ती बालबालिकाको खातामा वडा कार्यालयले थप ५ हजार बचत गरिदिने व्यवस्था रहेको छ ।

सायद पाठ को फोटो हुनसक्छ

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट