जनप्रतिनिधि

काठमाडौंको ११ पालिकामध्ये सबैभन्दा बढी बेरुजु काठमाडौं महानगरमा

काठमाडौं जिल्लाका ११ पालिकामध्ये सबैभन्दा बढी बेरुजु काठमाडौं महानगरपालिका रहेको पाइएको छ। महालेखाको अन्तिम लेखापरीक्षण प्रतिवेदन २०७९/२०८० का अनुसार सबैभन्दा बढी बेरुजु काठमाडौं महानगरमा देखिएको हो। जसअनुसार काठमाडौं महानगरपालिकाको एक वर्षको बेरुजु २५ करोड ७० लाख ३४ हजार रहेको छ।