रबि लामिछाने पहिलोपटक अछाम जाँदै

| २०८० असार १८ गतेमा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रबि लामिछाने अछाम जाने भएका छन् । उनी पहिलोपटक अछाम जान लागेका हुन् ।

लामिछानेले यहि असार २० गते बिहान ७ बजे साँफेबगरको होटल बुढिगंगामा कार्यकर्ता र शुभेच्छुकहरुलाई भेट्ने कार्यक्रम रहेको राष्ट्रिय स्वतन्त्र पार्टी अछामका सभापति ओम प्रकाश रावलले जानकारी दिए।

लामिछाने ब्यक्तिगत कामका लागि अछाम जाँदै छन् । यसबिचमा कुनै औपचारिक कार्यक्रम नगरिने सभापति रावलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्