रास्वपा बेलकोटगढी ९ को सभापतिमा गजुरेल चयन

| २०८० भदौ १६ गतेमा प्रकाशित

नुवाकोट- राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला कार्यसमिति नुवाकोटले पालिका देखि वडा स्तरसम्ममा कमिटि कठन कार्यलाई तिव्रता दिएको छ । २ नगरपालिका र १० गाउँपालिकासहित १२ स्थानिय तह रहेको नुवाकोटमा रास्वपाले पालिका स्तरमा कमिटि कठनको कार्य सम्पन्न गरिसकेको जिल्ला संयोजक रामेश्वर गजुरेलले बताए ।

संयोजक गजुरेलका अनुसार, पालिका कमिटि गठन पश्चात वडा स्तरीय कमिटि गठन कार्यलाई व्यपकता दिईएको र पार्टी प्रतिको आर्कषण पनि उल्हासमय रहेको छ । शनिवार बेलकोटगढी नगरपालिका वडा नं ९ को प्रथम वडा भेलाले वडा सभापतिमा बाबुराम गजुरेललाई चयन गरेको छ । त्यस्तै उप सभापतिमा निरुता गजुरेल, सचीवमा केशव भट्ट चयन भएका छन् भने सदस्यहरु केदार पुडासैनी, सन्तोष गजुरेल, एकराज भट्ट, केदार गजुरेल, सुबास भट्ट रहेका छन् ।

रास्वपाले १२ पालिकासहित जिल्लाभर २७ वटा वडामा कमिटि गठन गरिसकेको संयोजक गजुरेलले बताए । उनका अनुसार विदुर नगरपालिकाको सम्पूर्ण वडा गठन भईसकेका छन् भने अन्य पालिकाका बाँकी वडामा गठनको कार्यलाई निरन्तरता दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्