काठमाण्डौ क्षेत्र नं ९ मा राप्रपामा उत्साहजनक प्रवेश

| २०८० भदौ २३ गतेमा प्रकाशित

काठमाण्डौ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रति जनविश्वास र आकर्षण बढ्दो छ । दिनप्रति दिन पार्टी प्रवेश गर्नेहरु बढ्दै गएका छन् । काठमाण्डौ क्षेत्र नं ९ मा पनि उत्साहजनक रुपमा पार्टी प्रवेश गरेका छन् ।

शनिवार राप्रपा महिला संगठन काठमाण्डौ क्षेत्र नं ९, क्षेत्र नं ९ (ख) प्रदेश कार्यसमिति, नागार्जुन १० इकाई समितिको संयुक्त आयोजनामा भएको महिला भेला तथा तीज विशेष संयुक्त कार्यक्रममा ३० जना भन्दा बढीले पार्टी प्रवेश गरेका छन् ।

No description available.

राप्रपा महिला संगठन काठमाण्डौ क्षेत्र नं ९ का अध्यक्ष सरिता उप्रेतिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राप्रपाका महामन्त्री माननीय धवलशंमशेर जबरा अतिथिहरु सह महामन्त्री प्रकाश रिमाल, वागमती प्रदेशका माननीय उद्धव थापा, क्षेत्र नं ९ (ख) प्रदेशका अध्यक्ष दिलिप कुमार कार्की, महिला संगठनको‌ केन्द्रीय अध्यक्ष अन्जना साहा रबल लगाएत नेता कार्यकर्ताहरुको कार्यक्रमकमा उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्