शनिवार रवि लामिछाने नुवाकोट आउँदै !

| २०८० कार्तिक २३ गतेमा प्रकाशित

नुवाकोट- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने २५ गते शनिवार नुवाकोट आउने भएका छन् । लामिछाने शनिवार हुने बृहत खुल्ला सभालाई सम्बोधन गर्न आउँने भएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटले आयोजना गरेको बृहत खुल्ला सभाको प्रमुख अतिथि तथा वक्ताको रुपमा लामिछानेसहित अन्य केन्द्रीय नेतृत्वहरुको समेत सहभागिता रहने जिल्ला संयोजक रामेश्वर गजुरेलले बताए । उनका अनुसार कार्यक्रममा उल्लेख्य संख्यामा पार्टी प्रवेश गराउने तयारी रहेको छ ।

कार्यक्रम विदुर ४ बट्टारको हावाघरमा विहान १०:३० बजेबाट सुरु हुने संयोजक गजुरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट