अछामकी रावलको थप उपचारकालागि आर्थिक सहयोगको अपिल !

| २०८० भदौ २२ गतेमा प्रकाशित

काठमाण्डौ- अछामको पन्चदेवल बिनायक नगरपालिका वडा नं ५ कि २५ वर्षिय रमिता कुमारी रावल क्यान्सर रोगसंग लडिरहेकिछिन् । करिव ६ महिना अघि बिरामी भई चेकजाँच गराउदा उनलाई पाठेघर र ठुलो आन्द्रामा क्यान्सर देखा पर्यो । त्यस पश्चात उनको निरन्तर उपचार भईरहेको छ ।

नेपाल क्यान्सर अस्पताल हरिसिद्धी ललितपुरमा उपचार भईरहेको रावलको थप उपचारको लागि आर्थिक अभाव भएपछि उनका परिवारका सदस्यले सहयोगको लागि अपिल गरेका छन् । नेपालगन्ज उपमहानगरपालीकामा सब इन्जिनियर पाचौं तहमा कार्यरत रावलको पारिवारीक आर्थिक स्थीति कमजोर भएका कारण थप उपचारमा समस्या भईरहेको छ । उनि National engineering college नेपालगन्जमा B.E Civil अध्यनरत विद्यार्थी पनि हुन् । त्यसैले आम सहयोगी मनहरुमा उनका परिवारले आर्थिक सहयोगको लागि अपिल गरिरहेका छन् ।

तपाई हाम्रो सानो सहयोगले उपचारत रमिता कुमारी रावल र उनको परिवारलाई ठूलो राहत मिल्ने छ । त्यसैले तपाई पनि उनलाई सहयोग गर्न चाहनुहुन्छ भने तल दिईएको विवरणमार्फत सहयोग गर्न सक्नुहुने छ ।

सम्पर्क नम्बर - 9849692897/ 9867719392

A/C - 001010749770011

Dhirendra Bahadur Rawal

Prabhu Bank Ltd

Head Office Babarmahal KTM

Esewa- 9867719392

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट