काठमाडौँ- काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ ।
महानगरले आज एक सूचना जारी गर्दै गरिब घरपरिवार पहिचानका लागि तथ्याङ्क सङ्कलन गर्न दरखास्त माग गरेको हो । काठमाडौँ महानगरपालिका भित्र गरिब घर परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमका लागि २३० कर्मचारीका लागि आवेदन माग गरिएको छ ।
बढीमा पाँच महिनाका लागि नियुक्ति दिन लागिएको महानगरले जनाएको छ । योग्यता पुगेका उम्मेदवारले अनलाइनमार्फत दरखास्त दिन सक्नेछन् । पुस ६ गतेसम्म आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्