बिदुर मेयर कपको फाईनलमा म्यागङ र बिदुर प्रवेश

| २०८० माघ २० गतेमा प्रकाशित

नुवाकोट- बिदुर नगरपालिकाको मुख्य तथा नुवाकोट जिल्ला फुटबल संघको आयोजनामा भैईरहेको "बिदुर मेयर कप फुटबल प्रतियोगिता " अन्तर पालिका स्तरीय नुवाकोट च्याम्पियन अन्तगर्त फाईनलमा म्यागङ गाउँपालिका र बिदुर नगरपालिका प्रबेश गरेको छ

नुवाकोट आदर्श बहुमुखी क्याम्पस खेलमैदान बट्टारमा भएको पहिलो सेमिफाइनल खेलमा म्यागङ गाउँपालिकाले सुर्यगढि गाउँपालिकालाई १-० र दोर्सो सेमिफाइनल खेलमा बिदुर नगरपालिकाले शिवपुरि गाउँपालिकालाई ४-२ गोल अन्तरले पराजित गर्दै फाईनल प्रबेश गरेको छ।

फाइनल खेल माघ २१ गते आईतबार दिनको १२:३० बजे हुने तालिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्