ककनी, स्टाबेरी र पासाङ ल्हामु राजमार्ग

| २०८० माघ २७ गतेमा प्रकाशित

ककनी
काठमाडौंबाट २७ किलोमिटर उत्तर–पश्चिममा छ ककनी । नुवाकोट जिल्लामा पर्ने ककनी क्षेत्र प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक, पुरातात्विक एवं पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण मानिन्छ । ककनीबाट दक्षिणमा देखिने दामन र सिमभन्ज्याङ, पूर्वमा देखिने काठमाडौं उपत्यका र आसपासका मनोरम छटाहरू उत्तरतर्फ देखिने थानसिङ फाँट र गणेश हिमाल मनमोहक मानिन्छन् ।

ककनी समुद्र सतहबाट करिब २,०३६ मिटरको उचाइमा अवस्थित छ । यो ठाउँ चिसो र रमाइलो हावापानीका लागि परिचित छ । हिमालय पहाड र वरपरका जङ्गलको सुन्दर दृश्यका कारण ककनी पर्यटक, पदयात्री र प्रकृति प्रेमीहरूको लागि लोकप्रिय गन्तव्य हो ।

426371392-904958224615350-4920281737104274753-n-rUTLasSXmgdc93nayLA3rRop1wmMnpMYPcIvHGWE.jpg

ककनीमा हुने स्ट्रबेरी, मुला तथा ट्राउट माछापालनले कृषि पर्यटनको सम्भाव्यता पनि बढाएको छ । शिवपुरी जंगलको पश्चिमी छेउमा अवस्थित ककनी ऐतिहासिक एवं पुरातात्त्विक हिसाबमा समेत महत्वपूर्ण मानिन्छ । वसन्ती दरबार र रुम्बा राजाको दरवार ककनीका ऐतिहासिक स्थल हुन् । वनभोज तथा शैक्षिक भ्रमणका लागि पनि ककनीले उत्तिकै प्रसिद्धि कमाएको छ ।

स्टाबेरी
नेपालमै व्यवसायिक स्टाबेरी खेतिको सुरुवात ककनी बाट भएको हो । ककनी आफैमा कृषि र पर्यटकीय भूमी हो । यहाँका अधिकांश मानिस कृषि पेशामा आबद्ध रहदै आएका छन् । त्यसमा पनि विशेष गरि स्टाबेरीलाई प्रमुख खेती बनाउने मानिस पनि अत्याधिक रहेको छ । ककनीको स्टाबेरी नेपालभर प्रख्यात छ ।

426742627-913638170301212-6552362022260714048-n-reUnfL13FX64YicjJmN93kFHPSfS89B1IvcjeU6X.jpg

पासाङ ल्हामु राजमार्गमा यात्रा गर्दा किसान आफै साडक किनारामा स्टाबेरी बेच्दै गरेको देख्न सकिन्छ । सडकको कारण यात्रुहरूको त्यति चहलपहल हुँदैन । त्यसको प्रत्येक्ष मारमा स्थानीय स्टाबेरी उत्पादक र व्यापारी छन । 

प्रति किलो ३५० देखि ४०० रुपैयाँसम्ममा व्यापार गर्दै आएका किसानहरु व्यवस्थित सडक संगै बजारीकरणको व्यवस्था हुने हो भने प्रशस्त आम्दानी गर्ने आधार स्टाबेरी बन्दछ ।

426448340-368162562661893-9188157413548552257-n-tzXkTWq8FPKokc3rIAeNNrdEaowFU8J9UlSFYxfF.jpg

पासाङ ल्हामु राजमार्ग
सडककै कारण पनि ककनी ओझेलमा परिरहेको छ । राम्रो बाटो हिड्न रुचाउनु मानविय स्वभाव नै हो । तर पासाङ ल्हामु राजमार्गको कन्तविजोक थाहा नपाउने विरलै होलान् । सडक विस्तारले पूर्णता पाउन नसक्दा रानिपौवा, ३५ किलोका बजारहरु विस्तापित भएका छन् । राजधानिसंग जोडिएको पालिका भएर पनि ककनीका आम नागरिकले आज पनि सहज रुपमा यातायातको सुविधा उपयोग गर्न पाएका छैनन् ।

कृषि र पर्यटनमा व्यापक सम्भावना रहेको ककनी गाउँपालिकामा अस्तव्यस्थ रहेको पासाङ ल्हामु राजमार्ग स्तर उन्नती हुने हो भने पनि कृषि र पर्यटनबाट नै गाउँपालिका समृद्धीको पथमा अगाडी बढ्न सक्ने छ ।

426495812-766250981586655-6789789039380945800-n-lVfqeA13JKLhKyPj4cYqg7wwzbGFYVFoabXmFE9B.jpg

426379344-1551422529040679-8933454961720952336-n-TT6ynhRACUvh95NqWj33s43NolBVv5agbagCrHRo.jpg

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट