काठमाडौँ- स्थानीय तह २०७९ पछि आधा कार्यकाल पनि पूरा नहुँदै कतिपय निर्वाचित जनप्रतिनिधिको मृत्यु भएपछि र कतिपय चाहिँ विभिन्न काण्डमा मुछिएर पदमुक्त भएपछि अहिले ७५३ पालिकामध्ये ३४ स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त छ ।
स्थानीय तहका जनप्रतिनिधिहरूको पद नै रिक्त भएपछि विकास निर्माणको भुक्तानी तथा बजेट निकासा लगायतका काममा थुप्रै समस्या उत्पन्न भएका छन् ।
निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार नगरपालिकाका प्रमुख एक जना, उपप्रमुख एक जना, गाउँपालिका अध्यक्ष दुई जना, उपाध्यक्ष दुई जना र वडाध्यक्ष २८ जनाको पद रिक्त छ ।
प्रतिक्रिया दिनुहोस्