महाङ्काल गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

| २०८२ असार २३ गतेमा प्रकाशित

काठमाडौं । ललितपुरको महाङ्काल गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । सोमबार गाउँपालिकाको आयोजना र आब्हान मिडिया प्रा.लि. को सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो ।

पालिकाको कार्यालय गोटिखेलमा सम्पन्न कार्यक्रमको प्रमुख वक्ताको रुपमा गाउँपालिका अध्यक्ष गणेश बहादुर केसि, उपाध्यक्ष डोल्मामाया गोले , प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्याैपाने रहेका थिए ।

कार्यक्रममा वडा अध्यक्ष, कर्मचारी, राजनैतिक दलका प्रतिनिधि, स्थानिय नागरिकको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट