अन्ततः सहमतिमा आए बालेन र सुनिता

| २०८२ जेठ ३० गतेमा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले लामो समयदेखि रोकिएको कार्यपालिका बैठक र नगरसभा बोलाउन बल्ल पहल अघि बढाएका छन् । उनले हिजो उपमेयर सुनीता डंगोल र तीन पार्टीबाट निर्वाचित तीन वडाअध्यक्षसँग गोप्य छलफल गरे ।

स्रोतका अनुसार छलफलमा महानगरका प्रवक्तासमेत रहेका कांग्रेसबाट निर्वाचित १७ नम्बर वडाका वडाध्यक्ष नवीन मानन्धर एमालेबाट निर्वाचित ३२ नम्बरका वडाध्यक्ष नवराज पराजुली र नेकपा एसबाट निर्वाचित १५ नम्बरका वडाध्यक्ष ईश्वरमान डंगोलको सहभागिता रहेको थियो ।

बैठकमा बालेनले मिलेर अगाडि बढ्ने प्रस्ताव गरेको एक सहभागीले बताए । चाँडै कार्यपालिका बैठक र नगरसभा डाक्न उनी सहमत भएका छन् । यसका लागि एजेन्डाहरू तय गर्ने विषयमा छलफल भएको थियो । छलफललाई निरन्तरता दिने बताइएको छ ।

काठमाडौं महानगर कार्यपालिकाको बैठक पुस १४ गतेयता बस्न सकेको छैन । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको विषयमा उत्पन्न विवादमा बालेन एकातिर र उपमेयरसहित सबैजसो कार्यपालिका सदस्यहरू अर्कोतिर भएका थिए । कर्मचारीहरुको समेत साथ नपाएका बालेनले जनप्रनिधिहरुलाई विश्वासमा लिने कोशिष थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट