फोटो फिचर
विपद् व्यवस्थापन तालिमको सम्पन्न
विपद् व्यवस्थापनको कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल, नेपालमा विपद् व्यवस्थापन प्रयोजनका लागि ५३ औं टोली तयार भएका छन । सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालय, सप्तरीमा विपद् व्यवस्थापन सम्बन्धी तालिमको कार्यक्रम सम्पन्न भएको छ। बरमझियामा अवस्थित शिक्षालयको प्राङ्गणमा भएको उक्त कार्यक्रम को प्रमुख अथिति सशस्त्र प्रहरी बल, नेपाल नं। २ छिन्नमस्ता बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजी, विशिष्ठ अतिथि रुपमा कन्चनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ता र हनुमाननगर नगरपालिकाका प्रमुख विरेन्द्र माझी,बिकास अधिकारी , स्थानीय ,बुद्धिजीवी ,समाजसेवी लगायतको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा प्रशिक्षार्थीहरुले भुकम्प र आगलागीको समयमा गरिने उद्धारको साथसाथै खोँचमा फसेका व्यक्तिको उद्धार , र्याप्लिङ् क्लाईम्बिङ्ग, प्राथमिक उपचार लगायत तालिममा सिकेका विषयहरुसगँ सम्बन्धित कृतिम अभ्यासहरुको प्रदर्शन गरेका थिए । ११ हप्ताको अवधिमा उक्त तालिममा ४८ जना सशस्त्र प्रहरी कर्मचारीहरु सहभागी भएको र प्रशिक्षार्थीहरुलाई प्राथमिक उपचार, भत्किएका संरचानामा खोज तथा उद्धार, शव व्यवस्थापन, फायर फाइटिङ्, रोप रेस्क्यु, हवाई तथा सडक दुर्घटना, जलोत्पन्न प्रकोप उद्धार, विपद् पछिको उद्धार, राहत र पुनर्स्थापना लगायतका विषयहरुमा प्रशिक्षण गराईएको शिक्षालयले जनाएको छ। तालिममा उत्कृष्ट हुने सशस्त्र प्रहरी नायव उपरीक्षक सितल श्रेष्ठ पुरस्कृत भएका थिए भने सफल प्रशिक्षार्थीहरुलाई विपद् उद्धारकको परिचय झल्किने कुम चिन्ह प्रदान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीले प्रशिक्षार्थीहरुलाई बधाई दिदै सशस्त्र प्रहरी बल, नेपालले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्दै कार्य सम्पादन गर्दै आएको र प्रकोप र उद्धार भन्ने वित्तिकै सशस्त्र प्रहरी बल,नेपालको नाम जनमनमा बस्दै गएको बताउनु भयो ।धौवजीले तालिममा दिक्षित प्रशिक्षार्थीहरुलाई विपद्को समयमा उत्कृष्ठ ढंगले कार्य सम्पादन गर्न निर्देशन समेत दिनुभयो । कन्चनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ताले स्थानिय निकायहरुसँग विपद् सम्बन्धी जनचेतना जगाउने , उद्धार तथा पुनर्स्थापनाको कार्यमा सशस्त्र प्रहरी बलले उत्कृष्ठ ढंगले समन्वय गर्दै आएको बताउनु भयो । हनुमाननगर नगरपालिका प्रमुख बिरेन्द्र माझीले विपद् व्यवस्थापनको क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपालले गर्दै आएको कार्यहरुको प्रशंसा गर्नु भयो। तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक नेत्र बहादुर कार्कीले शिक्षालयमा पहिलो पटक संचालन भएको विपद् व्यवस्थापन तालिमबाट विपद् व्यवस्थापनमा खटिने विशिष्ट जनशक्ति तयार गरिएको र भविष्यमा उनीहरुबाट उत्कृष्ट सेवा प्रवाह हुने बिश्वास समेत लिएका छन । कार्कीले विपद् व्यवस्थापन तालिमकै लागि शिक्षालय प्राङ्गणमा ३० फिट अग्लो र्याप्लिङ् क्लाईम्बिङ्ग टावर निर्माण गरिएको जानकारी गराएका छन।

