सहि भए आन्दोलन किन र गलत भए पास किन ?

| २०७८ फागुन १६ गतेमा प्रकाशित

पामेल उपाध्याय

ब्याख्यात्मक टिप्पणीको एकाधिकार बिबेक शून्य नेपाली सांसदमा होइन MCC को मुल मस्यौदाकार अमेरिका सङ्ग निहित हुञ्छ। नदिनाला बेच्ने संकल्प प्रस्ताव को अपार सफलता पश्चात देशै बेच्ने ब्याख्यात्मक टिप्पणी भनेको सार्भमौसत्ता र अखण्डता को बिरुद्धमा प्रयोग भएको प्रजातन्त्र हुँदै गणतन्त्र सम्मले दिने उपहार हो।

मुलुकको भाग्य र जनताको भविष्यको निम्ति यस्तो उपहार अन्तिम पटक दिल्लिमा १२बुदें मा गएर टुङ्गिएको थियो। बजारमा बेच्न राखिएको बस्तुहरु झै दलहरु खोलिएको परिणाम, द्वेध चरित्र नीति अब देश ले भोग्दै जानेछ। MCC सहि थियो भने आफ्ना झोले कार्यकर्ता र विशुद्ध जनता उचालेर सडकमा सुरक्षाकर्मी बिच रक्त्याम्मै हुञ्जेल द्वन्द्व गराउदै किन अस्पताल को बेड सम्म पुर्यायौं ! यदि गलत थियो भने सदन बाट पास किन गरायौं ! एक पत्रकार को शब्द सापटी लिएर भन्नू पर्दा 'जनता जान्न चाहाञ्छन्'।

सपनावादका ठेलीहरु मुखाग्र बनाउदै, आमसभा र प्रशिक्षण कार्यक्रम तिर फेरहस्ती गरिव वर्गको उत्थान को निम्ति आजिवन यो प्राण आहुती गरेको हुँ भन्दै साम्राज्यवाद र विस्तारवाद को रटान लगाएर आफू र आफ्ना सन्तानको भविश्य सुनिश्चित बनाउन अर्वपती बन्दै सधै गरिवको नेता हुने शिलशिला आजै बाट बन्द होस् भन्ने कामना पनि छ। यो देश को नेतृत्व यस्तो पनि हो जो आफ्नै देशको संरचना ध्वस्त पारेर बिदेशी लाई गाली गर्दै राष्ट्रवाद को पगरी गुथेर कहिले बिपि कोइराला र कृष्ण प्रसाद को नाम बेचेर। कहिले मनमोहन र मदन भण्डारी को नाम बेचेर। सत्ता को धुरी चढ्ने शिलशिला कहिल्यैं रोकिएको थिएन। यति सम्म त सहेकै हो। हुँदा हुँदा बाह्र हातको टागा ले नछुने काहा को माओ लेनिन र मार्क्स को दर्शन ले पुर्विय सभ्यतामा नै धावा बोल्ने राजनीतिक सिद्धान्त ले उनिहरु कै भाषामा न अग्रगामी छलाङ्ग मार्यो न त आफ्नो सभ्यता को सुरक्षा नै भयो।

राम्रो को समर्थन र खराब को आलोचना गर्ने जनता को नैसर्गिक अधिकार लाई कुठाराघात गर्दै जनआवाज को सुनुवाइ नगर्ने यो ब्यबस्था को अन्त्य अत्ति आवस्यक भैसकेको छ। दुनियाँ भरका पिचासवाद बाट शिक्षा लिई गालिगलौज को भाषा ओकल्दै अमेरिकी साम्राज्यवाद मूर्दावाद, भारतिय विस्तारवाद मूर्दावाद भन्दै भित्ता कोर्दै दलिय झण्डा बोकेर रत्नपार्कको रेलिङ्ग भाच्नेहरु। गाउँ घरमा हाम्रो नेता भन्दै अघिपछि हिड्नेहरु। सेमिनार गोष्ठी छलफल र बैठक भन्दै कुद्नेहरु। बिदेशमा मजदुरी गरेर भातृ संगठन खोल्ने चम्चेहरु। अनुत्पादक भेंडा कार्यकर्ता र नेताहरु- भोट किन र कस्लाई दिने ! कर किन र कस्लाई तिर्ने ! पार्टी लाई चन्दा र लेबि किन दिनु पर्ने ! तिमिलाई मात्र चाहिने परिवर्तन को निम्ति गरिव ले सधै किन मरिदिनु पर्ने ! अनि तिम्रा ऐयासी जीवनशैली र राष्ट्रघात लाई चाहिँ आन्दोलन को उपलब्धी ठानिदिनु पर्ने। तिमी ले गर्ने हरेक कुकर्म लाई जनताले चुपचाप सहेर उपलब्धी मानिदिनु पर्ने।

राजनीतिकमा सपूत ले जन्म लिनु पर्छ। बिडम्बना ले होइन। मिति अनिश्चित हुञ्छ तर, मृत्यु निश्चित हुञ्छ। सबैलाई सबैकुरा थाहा नहुन सक्छ तर, एउटा कुरा सबैलाई थाहा हुञ्छ मृत्यु। फरक यति हो सहज वा आकस्मिक। राजनीतिक कठिल्लवाद को श्रीजना बाट असम्भव लाई सम्भव र सम्भव लाई असम्भव तुल्याइन्छ भने सहज लाई आकस्मिक बनाउन पनि सकिञ्छ। बिडम्बना हरुलाई किनारा लगाउन सकिञ्छ। जीउँदा मान्छे को खोपडी फोरेर गिदि चुस्न पल्केका र भद्दा सुरक्षागार्ड नलिई दुई पाइला चाल्न नसक्ने राष्ट्रघाती देशद्रोही भ्रष्ट हरुको इहलिला कम्बोडिया को पोलपोट वा पेरु को फुजिमोरी को झै बनाऔं र नेपाली भएकोमा गर्व गरौं। नमष्कार। #सबैको_जयहोस्

प्रतिक्रिया दिनुहोस्