ड्वाचे खानेपानिलाई थप पाँच करोडको श्रोत सुनिश्चि

| २०८१ माघ ९ गतेमा प्रकाशित

काठमाडौं । नुवाकोटमा सञ्चालित ड्वाचे खानेपानि उपभोक्ता समितिको लागी अर्थमन्त्रालयबाट थप पाच करोड बजेटको श्रोत सुनिश्चित भएको छ ।

विदुर नगरवासीलाई समेत खानेपानी उपलब्ध गराउन महत्वपूर्ण योजनाको रुपमा रहेको ड्वाचे खानेपानि विदुरका नगरप्रमुख राजन श्रेष्ठको निरन्तरको प्रयासले खानेपानी मन्त्रालयको मागको आधारमा अर्थमन्त्रालयले यो वर्ष नै १० लाख र अर्को वर्ष ४ करोड ९० लाख रुपैयाको बजेट सुनिश्चित भएको जनाएको हो । यस सम्बन्धि उपप्रधान एंव अर्थमन्त्री विष्णु पोडेलले पुस २६ गते निर्णय गरेका हुन् ।

अर्थमन्त्रालय मार्फत नुवाकोटका दुई योजना विदुर ढल निर्माण तथा प्रशोधन आयोजनाको लागी १० करोड र ड्वाचे खानेपानिको लागी पाँच करोडको बजेट सुनिश्चित भएपछि विदुरका नगरप्रमुख राजन श्रेष्ठलाई खानेपानी मन्त्री प्रदीप यादवले मंगलबार मन्त्रालयमा बोलाएर निरन्तरको प्रयासले सफलता पाएको भन्दै बधाई सहित श्रोत सुनिश्चत भएको पत्र प्रदान गरेका छन् ।

खानेपानी मन्त्रीलाई नुवाकोट बोलाएर विदुर ढल निर्माण तथा प्रशोधन आयोजना र विदुर खानेपानीको स्थलगत अवलोकन गराएर र ड्वाचे खानेपानीको अहिलेको अवस्थाको जानकारी गराई बजेटको श्रोत सुनिश्चित गराउन विदुरका नगरप्रमुखले आग्रह गरेका थिए ।

सोही अनुरोधमा उत्साहित भएका खानेपानी मन्त्रीले उक्त समयमा देशभरका पालिका प्रमुखहरु मध्ये सबैभन्दा सक्रिय, जुझारु र कुनै कामका लागी निरन्तर पहलकदमी गर्ने असलबानीबाट आफू प्रभावित भएको भन्दै माग अनुसार बजेटको श्रोत सुनिश्चित गराउन आफू लाग्ने प्रतिबद्धता जनाएका थिए । त्यसपश्चात खानेपानी मन्त्रालयबाट गएको टिप्पणी मागको आधारमा यसबीचमा नुवाकोटका दुई योजनाको लागी १५ करोडको बजेटको श्रोत सुनिश्चित भएसगैँ उत्साहित भएका खानेपानी मन्त्रीले विदुरका नगरप्रमुख श्रेष्ठलाई कार्यकक्षमा नै बोलाएर तपाईको प्रयासमा भएको यो सफलता निकै राम्रो भएकाले यही उत्साहका साथ बजेटको कार्यान्वयन एंव बाँकी दिनमा निरन्तरता सहकार्यमा जोड दिदैँ बधाई समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्