नेपाल प्रहरीकी असई कुञ्जाङ सगरमाथा चुचुरोमा

| २०८२ जेठ ६ गतेमा प्रकाशित

काठमाडौं । नेपाल प्रहरीकी सहायक निरीक्षक ९असई० कुञ्जाङ छोपेल शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी छन् ।

उनले आज सोमबार बिहान ८ बजेर ५६ मिनेटमा सगरमाथाको चुचुरो टेकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सगरमाथाको सफलतापूर्वक आरोहण गरेकोमा असई शेर्पालाई प्रहरी महानिरीक्षक ९आईजीपी० दीपक थापाले सङ्गठनका तर्फबाट बधाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट