गोलन्जोर गाउँपालिकामा तीनवटा सुविधा सम्पन्न हेल्थपोस्ट बन्दै

| २०८१ माघ ९ गतेमा प्रकाशित

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न तीनवटा हेल्थपोस्ट बन्ने भएको छ । गोलान्जोर गाउँपालिकाको घोक्सिला, किराते र तीनकन्या स्वास्थ्य चौकी भवन निर्माणका लागि शिलान्यास गरिएको छ ।

गाउँपालिका अध्यक्ष शंकरराज बराल, उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) र ब्याक टु लाइफका निर्देशक अच्युतप्रसाद पौडेलले भवनको संयुक्त रूपमा शिलान्यास गरेका छन् ।

ब्याक टु लाइफ इ भी जर्मनी नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको ४ करोड ७१ लाख रूपैयाँ बराबरको लागतमा स्वास्थ्य चौकी निर्माण थालिकएको हो । ब्याक टु लाइफको यस परियोजनाका स्थानीय साझेदार संस्था समुदाय पद्धति विकास सेवा नामक गैरसरकारी संस्था रहेको छ ।

परियोजनाका ओभरसियर करण कार्कीका अनुसार नेपाल सरकारले तोकेको मापदण्डअनुसार स्वास्थ्य चौकी भवनको डिजाइन गरिएको छ । १२ महिनाभित्र सम्पन्न गर्ने गरी काम सुरू ब्याक टु लाइफका मेनेजर अनुप पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्