विदुर- नुवाकोट र रसुवाको शैक्षिक धरोहरको रुपमा परिचित नुवाकोट आर्दश बहुमुखी क्याम्पस चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा होमिएको छ । करिब १२ वर्ष पछी हुन लागेको निर्वाचनमा विभिन्न विद्यार्थी संगठन र स्वतन्त्र विद्यार्थीहरु आफ्नो दरिलो उम्मेदवारीका साथ प्रस्तुत भएका छन् ।
नुवाकोट आर्दश बहुमुखी क्याम्पसको यस पटकको निर्वाचनमा राजनितिक दल निकटका विद्यार्थी संगठनलाई चुनौति दिदैँ स्वतन्त्र विद्यार्थीहरुले समूह निर्माण गरि उम्मेदवारी दर्ता गराएका छन् । नियमित विद्यार्थीको सर्वसम्मत दावेदारी, पर्यटक उम्मेदवार विरुद्धको हाम्रो उम्मेदवारी भन्ने मुल नाराका साथ रिजन प्रधान (राहुल) को नेतृत्वमा उम्मेदवारी दर्ता गराएका छन् ।
स्वतन्त्र विद्यार्थी समूहको तर्फबाट सचिवमा देवाशिष ढकाल, कोषाध्यक्षमा प्रशान्त भट्ट, सदस्यमा गोकर्ण भट्ट (सविन) र निरुता गजुरेल रहेका छन् । क्याम्पसमा कुल १ हजार १ सय ४३ जना मतदाता रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्