सरस्वती बहुमुखी क्याम्पसमा हल्ट प्राइजको व्यावसायिक क्यानभास मोडेल कार्यशाला

| २०८१ पौष २४ गतेमा प्रकाशित

समिर कुमार अधिकारी (द्रुपद)/काठमाडौँ- सरस्वती बहुमुखी क्याम्पसले हल्ट प्राइज प्रतियोगिता अन्तर्गत व्यावसायिक क्यानभास मोडेल सम्बन्धी कार्यशाला भव्य रुपमा सम्पन्न गरेके छ ।

कार्यशालाले उत्साही उद्यमशीलतालाई सशक्त बनाउन तथा नवीन व्यावसायिक योजनाहरूको गर्नका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । यसले आइडिया भिज्योलाइजेसनमा पनि प्रेरणा मिलेको छ ।

कार्यशालामा डा. जितेन्द्र डंगोलको महत्त्वपूर्ण उपस्थितिले व्यावसायिक क्यानभास मोडेल विकास गर्न सम्बन्धित ज्ञान प्राप्त गर्न सहजता मिल्यो।यसमा उत्साही सहभागीहरू एकसाथ आएर सहकार्य र रचनात्मकताको वातावरण निर्माण गरेर कार्यक्रमको लक्ष्य सफल भयो ।

डा. डंगोलको नेतृत्वमा सहभागीहरूले भ्यालु प्रपोजिसन, कस्टमर सेग्मेन्टेसन, रेभेन्यू स्ट्रिम्स, र की एक्टिभिटिज लगायतका क्यानभास मोडेलका प्रमुख पक्षहरूबारे गहिराइमा अध्यापन गरे । व्यावसायिक क्यानभास मोडेल, यसको प्रयोगात्मकता र भिजुअल संरचनाका कार्यशालाको प्रमुख केन्द्रबिन्दु थियो। सहभागीहरूले यसका प्रमुख भागहरू सरल भाषामा सिकाई गरे। डा. डंगोलको ज्ञानले विद्यार्थीहरूलाई उद्यमशीलताको लक्ष्यलाई दीगो विकासका उद्देश्यहरूसँग समायोजन गर्न र प्रभावकारी समाधानहरू सिर्जना गर्न प्रेरित गर्‍यो ।

व्यावसायिक क्यानभास मोडेलले कुनै पनि व्यावसायिक अवधारणाको व्यवहारिकता र कार्यान्वयन योग्यताको सुनिश्चितता गर्दछ। जति रचनात्मकता र नवप्रवर्तन महत्त्वपूर्ण छ । त्यति नै यस विचारलाई वास्तविक संसारमा कार्यान्वयन गर्न सकिने क्षमता पनि जरुरी छ। क्यानभास मोडेलले सहभागीहरूलाई अवधारणा र कार्यान्वयनको बीचको दूरी हटाउन सहयोग पुर्‍याउँछ, जसले समाधानलाई दुवै व्यवहारिक र नविन बनाउँछ ।

यस कार्यक्रमले सहभागीहरूको उत्साह अझ वृद्धि गराएको र उनीहरू आगामी हल्ट प्राइजका अन्य उपघटनाहरू साथै मुख्य कार्यक्रमप्रति अत्यन्त उत्साहित बनेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्