मन्त्री हेरफेरबारे बालुवाटारमा ओली र देउवाबीच छलफल

| २०८१ मंसिर ३ गतेमा प्रकाशित

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच अहिले बालुवाटारमा भेटवार्ता भइरहेको छ।

भेटमा स्थानीय तहको उपनिर्वाचन, प्रधानमन्त्रीको चीन भ्रमण र मन्त्री हेरफेरको विषयमा छलफल हुने बताइएको छ।

दुई दलले केही मन्त्रीहरूलाई फिर्ता बोलाउने र नयाँ मन्त्री पठाउने तयारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्