ककनीको बजेट ६३ करोड ५४ लाख ६५ हजार

| २०८१ असार १२ गतेमा प्रकाशित

रानिपौवा– ककनी गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि ६३ करोड ५४ लाख ६५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

मंगलबार १४ औं गाउँसभा बैठकमा गाउँपालिका उपाध्यक्ष मिठ्ठु माया तामाङले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट र विनियोजन विधेयक पेश गरेकी थिइन् ।

गाउँपालिकाका अध्यक्ष सुमन तामाङ सज्जनले पेश गरेको नीति तथा कार्यक्रम सर्वसम्मत पास भएको छ ।

प्रतिक्रिया दिनुहोस्