बुधसिंघाट कृषि सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा सम्पन्न

| २०८२ पौष २० गतेमा प्रकाशित

नुवाकोट- बिदुर नगरपालिका वडा नं ३ मैरिटारमा रहेको श्री बुधसिंघाट कृषि सहकारी संस्था लिमिटेडको चौधौं बार्षिक साधारणसभा बिदुर नगरपालिका वडा नं ३ को कार्यवाहक अध्यक्ष ईन्द्र प्रसाद अधिकारीको प्रमुख आतिथ्यमा  सम्पन्न भएको छ।

सहकारीको  गत आर्थिक बर्ष २०८०/८१  सम्मको कुल पुजीँ ३९ लाख ८५ लाख ३२२ रुपैयाँ रहेको थियो भने यो आर्थिक बर्ष २०८१/८२ मा रु ४८ लाख ४० हजार ९३८ रुपैयाँ रहेको छ भने रु ८ लाख ५५ हजार ६१६ रुपैयाँ  वृद्धि गर्न सफल भएको संस्थाको कोषाध्यक्ष दीपक ठकुरीले जानकारी दिए । आ.ब.२०८१/८२ को बार्षिक  प्रतिबेदन आय-व्यय सचिव रामशरण वस्तिले प्रस्तुत गरेका थिए ।

समुदाय सहकारीको माध्यमबाट एक अर्कामा समन्वय  सहयोग मिलेर  अगाडि बढ्दै आत्मनिर्भर दिगो बिकासमा टेवा पुग्ने प्रकारको कार्य गर्दै अगाडि बढ्ने लक्ष्य रहेको सहकारी संस्थाका सदस्य उषा श्रेष्ठले बताए ।

साधारणसभामा उत्कृष्ट बचतमा राममायाँ राई ऋण कारोबारमा सुकुमायाँ र युवा उद्यमी सुरेन्द्र बहादुर राई ,समुदायमा शिक्षा क्षेत्रमा महत्त्वपूर्ण भुमिका निवाह गर्नुहुने अर्जुन प्रसाद अधिकारी र  सहकारीले गरेको बृक्षारोपण को हेरचाह स्याहार सुसार हेर्ने गोपीनाथ वस्तीमा सम्मान पत्रको साथ समान्नित गरिएको सुर्य बहादुर राईले जानकारी दिए ।

कार्यक्रममा बिदुर नगरपालिका वडा नं ३ को कार्यपालिका सदस्य सावित्री राई, चण्डी आधारभुत बिद्यालयको प्रधानाध्यापक अर्जुन प्रसाद अधिकारी,नारायण प्र अधिकारी  अतिथी रहेका थिए । बि.सं.२०६८ मा स्थापित सहकारीमा ६८ पुरुष ४५  महिला गरि ११३ जना बचत तथा शेयर सदस्यहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट