७५० पालिकाका पुग्यो टेलिकमको 4G सेवा, माथिल्लो डोल्पामा पहिलो पटक सञ्चालन

| २०८३ जेठ १० गतेमा प्रकाशित

काठमाडौं- नेपाल टेलिकमले डोल्पाको दुर्गम छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा सफलतापूर्वक 4G सेवा विस्तार गरेको छ। समुद्री सतहदेखि ४,२०० मिटर उचाइमा रहेको मुकोट टावरमार्फत माइक्रोवेभ रेडियो प्रविधि प्रयोग गरी सेवा सञ्चालनमा ल्याइएको हो।

यससँगै नेपाल टेलिकमको 4G सेवा पुगेका स्थानीय निकायहरूको संख्या ७५० पुगेको छ। अब देशभर केवल ३ स्थानीय तहमा मात्रै 4G सेवा पुग्न बाँकी रहेको छ।

यो सेवाले स्थानीय बासिन्दा, विद्यार्थी, सरकारी कार्यालय तथा पर्यटकलाई आधुनिक डिजिटल नेटवर्कसँग प्रत्यक्ष जोड्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट