खड्गभञ्याङ महिला साना किसान कृषि सहकारीले गर्यो २ करोड ७० लाख ४८ हजार निक्षेप संकलन

| २०८२ पौष १२ गतेमा प्रकाशित

नुवाकोट । नुवाकोटको बिदुर नगरपालिका वडा नम्बर ३ सिर्खालीमा रहेको खड्गभज्याङ महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडको छैटौं बार्षिक साधारणसभा बिहिबार सम्पन्न भएको छ ।

सहकारीले आर्थिक वर्ष २०८१/८२ मा १९ लाख २३ हजार २ सय ५० रुपैयाँ आम्दानी गर्न सफल भएको छ । सहकारीले आर्थिक वर्ष २०८१/८२ को अन्तसम्ममा ४ करोड ९० लाख ९० हजार ५ सय रुपैयाँ ऋण लगानी गरि २ करोड ७० लाख ४८ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ ।

सहकारीको आर्थिक वर्ष २०८१/८२ सम्मको कुल पुजीँ ५ करोड ९९ लाख ६ हजार २ सय ७६ रुपैयाँ रहेको छ । बि.सं. २०७६ सालमा स्थापित सहकारीको विदुर नगरपालिकाको वडा नम्बर ३ र ५ मा गरि ६५१ महिला ३ पुरुष गरि ६५४ जना सदस्यहरु रहेको छ ।

साधारणसभामा उत्कृष्ट कृषक तेज कुमारी श्रेष्ठ, रश्मिला श्रेष्ठ, निर्मला रन्जित, नियमित समुहमा समूह नं २६, ४७ र ८६ अन्तर समुह वृद्धि मा अन्तर समूह ७ र ९ र बाल बचतमा दिप्शन माझी, कृस्मा श्रेष्ठ र प्रशना लामिछानेलाई सम्मानि गरिएको छ ।

साधारणसभामा बिदुर नगरपालिका वडा नम्बर ३ का कार्यवाहक अध्यक्ष ईन्द्रप्रसाद अधिकारी, साना किसान कल्लेरीको मुख्य प्रवन्धक ज्ञान प्रसाद खतिवडा, पारिजात साना किसान कृषि सहकारीको प्रबन्धक रोशनी घिमिरे रिमाल, अजम्बरी साना किसान कृषि सहकारीको सहायक प्रबन्धक लक्ष्मि घले, जेष्ठ नागरिक जगमाया पौडेल तथा सहकारीको बचत तथा शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट