बजेट कार्यान्वयनमा महाङ्काल गाउँपालिका : चालुतर्फ ५८.७३ र पुँजीगततर्फ ६४.१५ प्रतिशत खर्च

| २०८३ असार २६ गतेमा प्रकाशित

काठमाडौं- ललितपुरको महाङ्काल गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को आय–व्यय विवरण सार्वजनिक गर्दै हालसम्म कुल विनियोजित बजेटको ६१.१३ प्रतिशत खर्च भएको जनाएको छ।

गाउँपालिकाले असार २५ गते बिहीबार सार्वजनिक गरेको सूचनाअनुसार चालु आर्थिक वर्षका लागि वित्तीय समानीकरण अनुदानसहित कुल ५३ करोड ४६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। त्यसमध्ये कुल आम्दानी ८८.८९ प्रतिशत भएको र कुल बजेटको ६१.१३ प्रतिशत खर्च भएको उल्लेख गरिएको छ।

खर्च विवरणअनुसार चालुतर्फ ५८.७३ प्रतिशत तथा पुँजीगततर्फ ६४.१५ प्रतिशत बजेट खर्च भएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले बजेट तथा कार्यक्रम कार्यान्वयनमा योगदान पुर्‍याउने जनप्रतिनिधि, कर्मचारी, जनसमुदाय, उपभोक्ता समिति, निर्माण व्यवसायी तथा सरकारी र गैरसरकारी संघ–संस्थाप्रति आभार व्यक्त गरेको छ।

साथै, आगामी दिनमा पनि विकास निर्माण तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबै सरोकारवालाको सहयोग र सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट