दुप्चेश्वर गाउँपालिकाको बजेट कार्यान्वयन ७७ प्रतिशत नाघ्यो

| २०८३ असार २६ गतेमा प्रकाशित

काठमाडौं- नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा स्वीकृत बजेट तथा कार्यक्रमअन्तर्गत हालसम्म कुल ७७.५२ प्रतिशत बजेट खर्च गरेको जनाएको छ।

गाउँपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै चालु आर्थिक वर्षका सम्पूर्ण आर्थिक कारोबार तथा बजेट कार्यान्वयन सम्पन्न भएको जानकारी दिएको हो।

गाउँपालिकाका अनुसार चालु खर्चतर्फ ८३.६३ प्रतिशत र पुँजीगत खर्चतर्फ ६९.२९ प्रतिशत खर्च भएको छ। समग्रमा कुल बजेटको ७७.५२ प्रतिशत रकम खर्च भएको गाउँपालिकाले जनाएको छ।

सूचनामार्फत गाउँपालिकाले बजेट तथा कार्यक्रम कार्यान्वयनमा सहयोग गर्ने उपभोक्ता समिति, निर्माण व्यवसायी, विकास साझेदार, सरकारी कार्यालय, कर्मचारी, सञ्चारकर्मी, नागरिक समाज तथा सम्पूर्ण गाउँवासीप्रति आभार व्यक्त गरेको छ।

साथै, आगामी आर्थिक वर्षमा पनि बजेट तथा कार्यक्रम कार्यान्वयनमा सबै पक्षबाट सक्रिय सहभागिता, समन्वय र सहकार्य रहने विश्वास व्यक्त गर्दै विकास निर्माणका कार्यलाई थप प्रभावकारी बनाइने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट