६० हजारबढी नागरिकलाई डेंगी संक्रमण हुने सरकारको अनुमान

| २०८२ सावन १ गतेमा प्रकाशित

काठमाडौं । सरकारले साउन महिनालाई डेंगी सचेतना महिना घोषणा गरेको छ। वर्षातको समयसंगै डेंगी संक्रमणको खतरालाई न्यूनिकरण गर्न सरकारले स्थानीय तहसंगको सहकार्यमा सचेतना महिना मनाउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार बिहान कार्यक्रम आयोजना गरी लामखुट्टेको टोकाइबाट सर्ने डेंगी संक्रमणबारे जनचेनता फैलाउन साउन महिना रोजेको हो।

यो वर्ष ६० हजारभन्दा बढी नागरिकलाई डेंगी संक्रमण हुने अनुमान सरकारले गरेको छ। सरकारले डेंगी सचेतना महिना स्थानीय तहसँग मिलेर मनाउने बताएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट