रेडक्रसको समन्वयमा पुल पुनः सञ्चालनमा, स्याफ्रुबेँसीको जनजीवन लयमा फर्कदै

| २०८३ कार्तिक २४ गतेमा प्रकाशित

काठमाडौं- केही दिनअघि आएको भीषण बाढीका कारण क्षतिग्रस्त भएको रसुवाको स्याफ्रुबेँसीस्थित पुलको पुनर्निर्माण सम्पन्न भएसँगै पुनः सञ्चालनमा आएको छ ।

नेपाल रेडक्रस सोसाइटी, गोसाइँकुण्ड, आमाछोदिङमो र नौकुण्ड गाउँपालिकाका प्रतिनिधि एवं कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय समुदायको संयुक्त श्रमदानमा तीन दिनमै पुल पुनर्निर्माण गरिएको हो ।

नेपाल रेडक्रसले पुलका लागि आवश्यक सामग्री र मिस्त्रीको ज्याला उपलब्ध गराउने जनाइएको छ ।
रेडक्रसका केन्द्रीय अदक्षय डा बिशाल भण्डारी ले मानवीय सहायता को लागी रेडक्रास सधै लागी रहने बताउनू भयो !
विपद्को कठिन घडीमा सबै पक्षको एकता, सहकार्य र सामूहिक प्रयासबाट छोटो समयमै पुल पुनर्निर्माण हुनु उदाहरणीय भएको नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य शारदा कुमार न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट