त्रिशुली अस्पतालमा सि.टी. स्क्यान सेवा उद्घाटन

| २०८१ सावन ११ गतेमा प्रकाशित

नुवाकोट- त्रिशुली अस्पतालको ६० औँ स्थापना दिवसको अवसरमा सि.टी. स्क्यान सेवा सुरुवात गरिएको छ । स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि वागमती प्रदेशका मुख्यमन्त्री माननीय बहादुर सिंह लामाले सेवाको उद्घाटन गरेका हुन् ।

नुवाकोट, रसुवा र धादिङ जिल्लाको केन्द्र भागमा रहेर सेवा प्रवाह गर्दै आएको अस्पतालले आम नागरिकलाई जिल्लामा नै सेवा प्रवाह गर्ने उदेश्यका साथ स्थापना दिवसको अवसरमा सि.टी. स्क्यान सेवाको पनि उद्घाटन गरिएको अस्पतालका निमित्त निर्देशक डा. राजेन्द्र लामाले बताए ।

कार्यक्रममा वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, जिल्लाका जनप्रतिनिधि, विभिन्न राजनैतिक दलका नेता तथा कार्यकर्ता, कर्मचारी लगाएको उपस्थीतिमा पहिलो लाभग्राहीको रुपमा ४० वर्षिय इन्दिरा नेपालीको सि.टी. स्क्यान गरेर सेवा सुरुवात गरिएको हो । साथै उक्त कार्यक्रममा स्मारिका विमोचन र विरामीलाई फलफूल वितरण समेत गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्